लोक संस्कृति जोगाउन म्याग्दीको बिममा बन्यो 'नौमती बाजाघर'
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
770
Shares
काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण कार्य सम्पन्न भएको छ। मालिका गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय 'दलित पञ्चैबाजा समूह'ले दुईकोठे बाजाघर निर्माण गरेको हो।
भवनको उद्घाटन बुधबार गण्डकी प्रदेश सांसद रेशमबहादुर जुग्जालीले गरे। समूहका अध्यक्ष रामबहादुर दर्जीका अनुसार यस भवनमा लोकबाजा संग्रहालय स्थापना गरिनुका साथै नयाँ पुस्तालाई बाजा बजाउने तालिम समेत सञ्चालन गरिनेछ।
भवन निर्माणका लागि मालिका गाउँपालिकाले ७ लाख ७६ हजार रुपैयाँ अनुदान दिएको थियो। बाँकी २ लाख २३ हजार रुपैयाँ भने समूहले देउसीभैलो र चन्दा संकलन गरेर जुटाएको अध्यक्ष दर्जीले जानकारी दिए। यो भवन २०७७ सालका पहिरोपीडितका लागि बिम–मालिका सङ्घको सहयोगमा खरिद गरिएको एकीकृत बस्तीको जग्गामा निर्माण गरिएको हो।