न्यूखोलामा झोलुङ्गे पुल निर्माण, दुई परिवार लाभान्वित
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ११ मंगलबार
934
Shares
म्याग्दी। मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण गरिएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन्। यस पुलको निर्माणपछि स्थानीय बासिन्दाको यात्रा अवधि एक घण्टाबाट घटेर ३० मिनेटमा छोटिएको छ।
मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव पाँच मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो। उपभोक्ता समितिका अध्यक्ष सविता रोकाका अनुसार, पुल बनेपछि धापुङ्ग र महेशका बासिन्दालाई वडा कार्यालय जान खोल्सा र जङ्गलमा घुमाउरो बाटो हिँड्नुपर्ने समस्या हटेको छ। साथै, बर्खामा न्यूखोलामा बाढी आउँदा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता पनि अन्त्य भएको छ।
उपभोक्ता समितिका अनुसार, कुल रु ५७ लाख १० हजार ८६० लगानीमा निर्माण भएको यो पुलबाट १ सय ९३ घरपरिवार लाभान्वित भएका छन्। यस निर्माणमा उपभोक्ताले रु ६४ हजार ९६१ बराबरको श्रमदान गरेका थिए।
पुलको सोमबार प्रतिनिधिसभाका निवर्तमान सदस्य तथा पूर्वराज्यमन्त्री खमबहादुर गर्बुजाले उद्घाटन गरेका छन्। झोलुङ्गे पुल निर्माण सम्पन्न भएपछि स्थानीयवासीले नाचगान गरेर खुसीयाली मनाएका थिए।