कालीगण्डकी करिडोरः राहुघाट-तातोपानी १४ किलोमिटर कालोपत्र
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १९ शुक्रबार
730
Shares
म्याग्दी । बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत राहुघाट-तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र भएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका-३ राहुघाटदेखि अन्नपूर्ण गाउँपालिका-२ भुरुङ तातोपानी नागढुङ्गासम्मको १९ किलोमिटर सडक कालोपत्र गर्न २०७४ सालमा रु ६६ करोडमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।
निर्माण कम्पनीका अनुसार राहुपारे-बैसरी-कुनौटा-बेगखोला- कालीओडार- तिप्ल्याङ-महभिर-भिरकाटे-घार बैसरी- रातोपानी-पोखरेबगर-भुरुङ तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र पूरा भएको छ ।
सडकलाई ११ मिटर फराकिलो बनाएर पानीको निकासका निम्ति नाली र पर्खाललगायत संरचना तयार भएपछि कालोपत्र गरिएको हो ।
चारसय ३५ किलोमिटर लामो कालीगण्डकी करिडोर पर्वतको मालढुङ्गाबाट म्याग्दी हुँदै मुस्ताङको कोरला पुग्न दुई लेनको २०२ किलोमिटर सडक आर्थिक वर्ष २०७३-७४ देखि कालोपत्र गर्न सुरु भएको हो ।