arrow

दाउरा प्रहार गरी श्रीमतीको हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १६ मंगलबार
Myagdi-hamrakura.jpeg

म्याग्दी । बेनी नगरपालिका-७ मङ्गलाघाटमा एक व्यक्तिले दाउरा प्रहार गरी आज बिहान श्रीमतीको हत्या गरेका छन् । 

पर्वतको जलजला गाउँपालिका-३ पारिबेनी घर भई हाल मङ्गलाघाटको आरनटोलका राजु विकले दाउरा प्रहार गर्दा श्रीमती २७ वर्षीय भगवती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरी निरीक्षक सागर पौडेलले मृतकको शवपरीक्षणका लागि बेनी अस्पतालमा राखिएको र घटनापछि फरार भएका राजुलाई बेनी नगरपालिका-२ को ज्यामरुककोट सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए । 

घरायसी विषयमा विवाद हुँदा राजुले श्रीमतीको टाउकोमा दाउरा प्रहार गरेका भगवतीको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ