arrow

सत्रौँ शताब्दीको राखु भगवतीमा नियमित पूजा गर्न‍ अक्षयकोष स्थापना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १८ बिहिबार
Raghuganga.jpg

म्याग्दी  ।  रघुगङ्गा गाउँपालिका–२ स्थित सत्रौँ शताब्दीको राखु भगवतीमा नियमित पूजाको प्रबन्ध गर्न रु ९० लाखको अक्षयकोष स्थापना भएको छ । गत असोजमा आयोजित महायज्ञबाट सङ्कलन भएको उक्त रकमबाट अक्षयकोष स्थापना भएको हो ।

महायज्ञबाट सङ्कलन भएको रु एक करोड १० लाखमध्ये रु १८ लाख ५० हजार खर्च भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले जानकारी दिए । मन्दिरमा पुजारीका साथै नियमित पूजाको प्रबन्ध गरिएको छ । 

म्याग्दीको यो प्रसिद्ध शक्तिपीठको पुरातत्व विभागले तीन वर्षअघि रु ६२ लाखको लागतमा पुनर्निर्माण गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ