arrow

कालीगण्डकी कोरिडोरः माझीबस्ती-खनियाघाट खण्ड कालोपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १७ बुधबार
kaligandai-road.jpg

म्याग्दी । मालढुङ्गा-बेनी सडकअन्तर्गत माझीबस्ती-खनियाघाट खण्डमा कालोपत्र भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत यो खण्ड कालोपत्र भएको हो । 

कुश्मा नगरपालिका-१ माझीबस्तीबाट जलजला गाउँपालिका-८ खनियाघाटसम्म दुई किलोमिटर कालोपत्र भएको हो । 

तेह्र किलोमिटर लामो बेनी-मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न रु ५२ करोड ८६ लाखमा निर्माण व्यवसायीसँग  सम्झौता भएको आयोजनाका सबइञ्जिनियर सोहनजङ्ग कार्कीले बताए ।

विभिन्न स्थानमा दुई किलोमिटर ढलान भइसकेको सडकको थप आठ किलोमिटर क्षेत्रमा पनि विस्तार,  ‘सवबेस’, ‘बेस’ राख्ने र ‘ग्रेडिङ’ जारी छ । 

यसैबीच, बागलुङको गलकोटबाट रासस प्रतिनिधिले सम्प्रेषण गरेको समाचारअनुसार बोक्से-सिगाना सडक पनि धमाधम कालोपत्र भइरहेको छ । 

दश किलोमिटर सडकमध्ये पहिलो चरणमा छ किमी कालोपत्र गर्न बोक्सेबाट काम सुरु भएको हो । आगामी चैतसम्ममा छ कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ  धमाधम काम भइरहेको छ । दश किमी कालोपत्र गर्न रु २९ करोड ३७ लाख ८८ हजारमा ठेक्का सम्झौता भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ