arrow

संसदलाई जीवन्त र उत्तरदायी बनाउन नियमावली कार्यान्वयन गर्न आग्रह [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १७ आइतबार
barshaman-pun-17-02.jpg

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले प्रतिनिधिसभा नियमावलीमा रहेको नयाँ व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै संसदलाई थप जीवन्त, उत्तरदायी र मर्यादित बनाउनुपर्ने बताएका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नियमावलीको नियम ५६ हालको प्रतिनिधिसभाबाट मात्रै समावेश गरिएको उल्लेख गरे। उनका अनुसार २०६४, २०७० र २०७४ सालका प्रतिनिधिसभामा यस्तो व्यवस्था थिएन।

उनले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर र अन्तरक्रियाको व्यवस्थाले संसदलाई थप प्रभावकारी बनाउने बताए।

‘मन्त्रीहरूसँग अन्तरक्रिया भइरहन्थ्यो, तर सभाको मुख्य नेता प्रधानमन्त्री नै हो। सरकार के गरिरहेको छ भन्ने विषयमा प्रत्यक्ष संवाद हुँदा सदन जीवन्त पनि हुन्छ र लोकतान्त्रिक पनि हुन्छ,’ उनले भने।

सांसद पुनले यस्तो अभ्यासले जनप्रतिनिधिले उठाएका प्रश्नको प्रत्यक्ष जवाफ पाउने, सरकारको जवाफदेहिता बढ्ने र जनताप्रतिको उत्तरदायित्व सुदृढ हुने धारणा राखे। उनले नियमावली कार्यान्वयनलाई सत्ता पक्ष वा प्रतिपक्षले प्रतिष्ठाको विषय नबनाउन पनि आग्रह गरे।

प्रधानमन्त्रीको उपस्थितिसँगै नियमावलीको व्यवस्था कार्यान्वयनमा आएको उल्लेख गर्दै उनले संसदको अभ्यासलाई निरन्तरता दिनुपर्ने बताए।

साथै, सभामुखलाई कार्यव्यवस्था परामर्श समितिमार्फत यसको समीक्षा गर्न सुझाव दिँदै संसदलाई नियमसंगत र मर्यादित ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिए।

‘झगडा गर्ने ठाउँ यो होइन। यो व्यवस्था दलगत असहमति राख्ने ठाउँ हो, व्यक्तिगत रिसइबी साँध्ने ठाउँ होइन,’ भन्दै उनले संसदलाई रचनात्मक बहस र उत्तरदायित्वको मञ्चका रूपमा विकास गर्नुपर्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ