arrow

तोकिएको समयमा चुनाव नभए सरकारको औचित्य समाप्त हुन्छ: वर्षमान पुन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १ मंगलबार
barsaman-pun-10-23.jpg

काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले तोकिएको मितिमा निर्वाचन गराउन नसके वर्तमान सरकारको औचित्य समाप्त हुने चेतावनी दिएका छन्। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानको मर्मअनुसार ६ महिनाभित्रै निर्वाचन सम्पन्न गर्नुपर्ने म्यान्डेट यो सरकारलाई रहेको उल्लेख गरे।

उनले फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन सार्न सकिने भन्ने खालका तर्कहरू असंवैधानिक भएको जिकिर गरे। पुनका अनुसार, संसद् विघटन भएको ६ महिना पुग्न ७ दिन मात्र बाँकी रहँदा (फागुन २८ मा ६ महिना पुग्ने) निर्वाचनको मिति तय गरिएको हो, ताकि निर्वाचनको नतिजा सोही अवधिभित्र आउन सकोस्। उनले भने, "चुनाव सर्नुको अर्थ संविधान अझ मिचिनु हो, ६ महिनामा चुनाव गर्छु भनेर आएको सरकारले चुनाव गराउँदिन भन्न पाउँदैन।"

साथै, नेता पुनले सरकारलाई अर्थतन्त्र चलायमान बनाउन पुँजीगत खर्च बढाउन आग्रह गरे। उनले विशेष गरी 'जेन–जी' आन्दोलनका कारण मारमा परेका निजी क्षेत्रका उद्योग र व्यवसायहरूलाई राहत दिने व्यवस्था मिलाउन सरकारलाई सचेत गराए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ