arrow

भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या एक हजार ९४३ पुग्यो, ५० हजारभन्दा बढी अझै बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १७ बुधबार
earthquik-venezuela.jpg

काठमाडौँ। भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले देशमा हालै गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या १ हजार ९४३ पुगेको पुष्टि गरेका छन्। 

एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष रोड्रिग्जले महाविपत्तिमा परेर १० हजार ५०० जनाभन्दा बढी नागरिक घाइते भएको घोषणा गरे। भूकम्पका कारण हालसम्म १५ हजारभन्दा बढी प्रभावित मानिसहरू दर्ता भइसकेको र राहत तथा उद्धार कार्य सुरु भएदेखि ६ हजार ४६१ जनाको जीवितै उद्धार गरिएको उनले बताए।

अध्यक्ष रोड्रिग्जका अनुसार शक्तिशाली भूकम्पका कारण भग्नावशेषमा पुरिएर अझै पनि हजारौँ मानिसहरू बेपत्ता छन्। यता संयुक्त राष्ट्र सङ्घले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार भूकम्प प्रभावित क्षेत्रमा लगभग ५० हजार मानिसहरू अझै हराइरहेका छन्।

 बेपत्ता नागरिकहरूको खोजी तथा उद्धारका लागि विपद् व्यवस्थापन टोली र सुरक्षाकर्मीहरू निरन्तर परिचालित भइरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ