arrow

विशेष श्रद्धा र भक्तिपूर्वक मनाइँदै साउनको पहिलो सोमबार

शिवालयहरूमा भक्तजनको भीड

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ४ सोमबार
pashupati-mandir-83-4-1.jpg

काठमाडौँ । आज हिन्दू धर्मावलम्बीहरूले साउन महिनाको पहिलो सोमबार विशेष श्रद्धा, भक्ति र हर्षोल्लासका साथ मनाउँदै छन्। हिन्दू धर्म संस्कृतिमा साउन महिनालाई देवका पनि देव महादेव अर्थात् भगवान् शिवको अत्यन्तै प्रिय महिनाका रूपमा लिइन्छ।

सनातन कालदेखि नै साउन महिनाको प्रत्येक सोमबार भगवान् शिवको विशेष व्रत, पूजा-आराधना, जप, तप, अभिषेक तथा दान-पुण्य गर्ने स्थापित परम्परा छ। यस महिनाको सोमबार श्रद्धापूर्वक व्रत बसेर भगवान् शिवको आराधना गर्दा सम्पूर्ण मनोकामना पूरा हुने, अन्जानमा भएका पापबाट मुक्ति मिल्ने, मानसिक शान्ति प्राप्त हुने तथा परिवारमा सुख, शान्ति र समृद्धि छाउने जनविश्वास रहँदै आएको छ।

आजका दिन काठमाडौँको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायत देशभरका साना-ठूला शिवालयहरूमा जल चढाउने र पूजा गर्ने भक्तजनहरूको बिहानैदेखि ठूलो घुइँचो लागेको छ। विशेष गरी महिलाहरू हरियो, पहेलो पहिरन र चुरा-पोतेमा सजिएर शिव आराधना गरिरहेका देखिन्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ