arrow

पृथ्वी राजमार्ग: चितवनमा पहिरो हट्यो, धादिङतर्फ अझै अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ४ सोमबार
prithivi-highway-tanahun.jpg

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत चितवनतर्फ खसेको पहिरो पन्छाइएको भए पनि धादिङतर्फ सडक अवरुद्ध रहेका कारण सवारी आवागमन अझै सञ्चालन हुन सकेको छैन।

इच्छाकामना गाउँपालिका–२ स्थित फिस्लिङको पानीधारा र चुमखोलामा आज बिहान खसेको पहिरो पन्छाएर बिहान ९:३० बजेदेखि सडक सफा गरिए पनि धादिङको जवाङ खोलामा पहिरो झरेका कारण यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए।

पहिरोको उच्च जोखिमका कारण स्थानीय प्रशासनले गएरातिदेखि नै नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा सवारीसाधन चलाउन रोक लगाएको थियो।

चितवनतर्फका गाडीहरूलाई चुम्लिङटार, कुरिनटार र मुग्लिन क्षेत्रमै रोकिएको छ भने लामो समयदेखि सवारीसाधन सञ्चालन नहुँदा राजमार्गमा गाडीको लामो लाइन लागेको छ। यद्यपि, नारायणगढ–मुग्लिन सडकखण्डबाट पोखरातर्फ आवतजावत गर्ने गाडीहरू भने बिहानैदेखि सुचारु रहेको जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ