राति १० बजेदेखि नारायणगढ-मुग्लिङ-काठमाडौँ सडक पूर्ण रूपमा बन्द [सूचनासहित]
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ३ आइतबार
688
Shares
चितवन। अविरल वर्षा र पहिरोको जोखिमलाई मध्यनजर गर्दै नारायणगढ-मुग्लिङ-काठमाडौँ सडकखण्डमा आज राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार साँझ सूचना जारी गर्दै धादिङलगायत छिमेकी जिल्लाहरू तथा चितवनका विभिन्न स्थानमा वर्षा भइरहेको र अझै वर्षा बढ्ने पूर्वानुमान रहेकाले यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै यस्तो निर्णय गरिएको जनाएको हो।
रातिको समयमा सवारी सञ्चालन गर्दा पहिरो, सडक अवरोध तथा अन्य प्राकृतिक जोखिम बढ्न सक्ने भएकाले नारायणगढ-मुग्लिङ-काठमाडौँ सडकखण्डमा चल्ने सबै प्रकारका सवारीसाधनको आवागमन अस्थायी रूपमा बन्द गरिएको प्रशासनले जनाएको छ।
जिल्ला सुरक्षा समिति चितवनले यस निर्णयबाट यात्रुहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै मौसम र सडकको अवस्था सामान्य भएपछि अर्को सूचना जारी गरी सवारी सञ्चालन खुला गरिने जनाएको छ।