arrow

भिजिट भिसा प्रकरणलाई जनयुद्धकालीन मुद्दासँग साटफेर गरिएको छैन: वर्षमान पुन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ६ शुक्रबार
barsaman-03-01.jpg

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणलाई जनयुद्धकालीन मुद्दासँग साटफेर गरिएको भन्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्। उपमहासचिव पुनले भिजिट भिसा प्रकरणको विषयमा सरकारसँग भएको सहमतिलाई सत्ता साझेदारी र जनयुद्धकालीन मुद्दाका विषयसँग जोडेर भइरहेका टिप्पणीहरू असान्दर्भिक रहेको बताए।

पुनले भिजिट भिसा प्रकरणमा सरकारसँग कुनै पनि विषय साटफेर नगरेको जिकिर गरे। उनले संक्रमणकालीन न्याय (टिआरसी) सम्बन्धी कामहरू सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले सुरु गरिसकेको पनि उल्लेख गरे।

"भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले सरकारसँग गरेको सहमतिमा सत्ता लेनदेनको कुनै सन्दर्भ छैन। अरु कुनै विषयसँग साँठफेर गरेको कुरा पनि सत्य होइन," पुनले भने, "सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता नागरिकको छानबिन आयोगले काम सुरु गरेको छ। संक्रमणकालीन न्यायसम्बन्धीका कामहरू आयोगले गर्छ। त्यसकारण जनयुद्धकालीन मुद्दाहरूसँग साटफेर गरियो कि भन्ने कुरा निकै असान्दर्भिक हो।"

उपमहासचिव पुनले भिजिट भिसा प्रकरणको छानबिनका लागि सरकारलाई अविलम्ब समिति गठन गर्न समेत आग्रह गरे। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूलाई पनि संयमित रहन आग्रह गर्दै भने, "सरकारले कार्यादेश स्पष्ट गरेर समिति बनायो भने हामी रास्वपाका साथीहरूलाई पनि मनाउन सकिन्छ। र रास्वपाले पनि यही विषयमै आन्दोलन चलाइराख्न आवश्यक छैन।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ