arrow

सार्वजनिक बिदा पुनरावलोकनका लागि कार्यदल गठन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ४ सोमबार
pmo-susila-new-new.jpg

काठमाडौँ । सरकारले सार्वजनिक बिदाहरूको पुनरावलोकन गर्नका लागि गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गर्ने भएको छ। मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले सातामा शनिबार र आइतबार दुई दिन बिदा दिन थालिएपश्चात साविकमा रहेका अन्य सार्वजनिक बिदाहरूको पुनरावलोकन गर्ने निर्णय गरेको हो।

उक्त कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालय, र अर्थ मन्त्रालयका प्रतिनिधिहरू रहनेछन्। कार्यदललाई १५ दिनभित्र आफ्नो प्रतिवेदन गृह मन्त्रालयमा पेस गर्ने जिम्मेवारी दिइएको मुख्यसचिव कार्कीद्वारा हस्ताक्षरित निर्णयमा उल्लेख गरिएको छ।

त्यसैगरी, बैठकले चालु आर्थिक वर्षमा तर्जुमा गर्ने गरी पहिचान गरिएका विधेयकहरूको मस्यौदा तयार गर्ने कार्य सम्बन्धित मन्त्रालयहरूले शीघ्र प्रारम्भ गर्ने निर्णय गरेको छ। साथै, धेरै पुराना, असान्दर्भिक र कार्यसम्पादनमा बाधा पुर्‍याउने खालका कानुनहरू खारेज गर्नका लागि पनि सम्बन्धित मन्त्रालयहरूले आवश्यक प्रक्रिया अघि बढाउने निर्णय भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ