जेन-जी आन्दोलनलाई क्रान्तिकारीले वैज्ञानिक दृष्टिकोणबाट हेर्नुपर्छ : नेता पुन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १ शनिबार
1.2k
Shares
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जे-नजी आन्दोलनले सबैको सोच र अवस्था बदलिएको भन्दै यसलाई क्रान्तिकारीले वैज्ञानिक दृष्टिकोणबाट हेर्नुपर्ने बताए ।
अखिल नेपाल ट्रेड युनियन महासंघको शुभ दीपावलीको अवसरमा चियापान तथा शुभकामना आदान-प्रदान कार्यक्रममा उनले आन्दोलनका नाममा शोषित, उत्पीडित, श्रमजीवि वर्गको बलिदान र उनीहरूको आकांक्षा वा भावनासँग खेलवाड गर्न नहुने बताएका हुन् ।
‘देशमा नयाँ एउटा परिवर्तन भएको छ । जे-नजी आन्दोलनले सबैका सोच बद्लिएका छन् । सबैका अवस्था बदलिएका छन् । नेपाली जनता मात्र होइन विश्वभर नै आन्दोलनका तरंग छ । यसलाई क्रान्तिकारीले शोषित, उत्पीडित, श्रमजीवि वर्गको बलिदान र उनीहरूको आकांक्षा भावनासँग जोडेर लान चाहान्छ,’ उनले भने, ‘अर्काथरी मान्छे आजका परिवर्तनलाई उल्टाएर पछि फर्काउन चाहन्छन् । कति मान्छेहरू अल्मलिएर बसेका छन् । तपाईं-हामी आफूलाई क्रान्तिकारी भन्नेहरुले जहिले पनि क्रान्तिकारी, वस्तुवादी, वैज्ञानिक दृष्टिकोण र सोचबाट यसलाई हेनुपर्ने हुन्छ ।’
नेता पुनले आफूहरू हेपिए जस्तो अनुभव भएको भन्दै आजको एजेण्डा अनुसार आफूलाई तयार गर्न प्रतिवद्ध रहँदा कसैको हेला भने नसहने बताए ।
‘आज सत्तामा भएका साथीहरू पनि परीक्षित हुन् । सम्माननीय प्रधानमन्त्री, प्रधानन्यायाधीश भइसक्नुभएको, अर्थमन्त्री, उर्जामन्त्रीलगायत अरु मन्त्री सबै साथीहरू परीक्षित हुनुहुन्छ । हामी पनि परीक्षित हौँ र हामी परीक्षामा फेरी पनि उत्रन तयार छौँ । तर हामीलाई हेपेजस्तो देखिएको छ । सरकारलाई भनेका छाैँ हामी चुनावका लागि आजको एजेण्डा अनुसार आफूलाई तयार गर्न प्रतिवद्ध छौँ तर कसैको हेला सहदैनौँ,’ उनले भने ।