आर्सनल १६ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा, बाहिरियो रियाल मड्रिड
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ४ बिहिबार
710
Shares
काठमाडौँ । इङ्गलिश प्रिमियर क्लब आर्सनल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आर्सनल १६ वर्षपछि पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।
स्पेनिश क्लब रियाल मड्रिडलाई २–१ ले पराजित गर्दै आर्सनल सन् २००९ यता पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा दुईवटा पेनाल्टी निर्णयमा भीएआर (भिडियो रेफ्री) ले मुख्य भूमिका खेलेको थियो।
आर्सनलले पहिलो लेगमा लन्डनमा ३–० को जित निकालेको थियो । योसँगै समग्र ५–१ को जित निकाल्दै क्लब इतिहासमा पहिलोपटक च्याम्पियन्स लिग जित्ने सपना जीवित राखेको छ ।
आर्सनलले सेमिफाइनलमा पेरिस सेन्ट–जर्मेन (पीएसजी) सँग प्रतिस्पर्धा गर्नेछ ।