arrow

च्याम्पियन्स लिगमा बार्साले डर्टमन्डलाई हरायो, भिल्लामाथि पीएसजी हावी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २८ बिहिबार
barcelona-25-4-9.jpg

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना र पेरिस सेन्ट जर्मेन पीएसजी विजयी भएका छन् । क्वार्टरफाइनलको पहिलो लेगमा बार्साले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई घरेलु मैदानमा ४–० ले हरायो । 

बुधबार राति घरेलु समर्थकमाझ क्याटालन टोलीलाई जित दिलाउन रोबर्ट लेवान्डोवस्कीले दुई गोल गरेका थिए । त्यस्तै राफिन्हा र लामिन यमलले समान एक गोल थपे । 

पहिलो हाफमा १–० को अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा ३ गोल थपेर ४–० को विशाल जित हासिल गरेको हो ।

सो खेलको २५औँ मिनेटमा राफिन्हाको गोलमा बार्सिलोनाले पहिलो हाफमा नै अग्रता लिएको थियो भने दोस्रो हाफको ४८ र ६६ औँ मिनेटमा रोबर्ट लेवान्डोवस्कीले तथा ७७औँ मिनेटमा यमलले गोल गर्दै घरेलु टिमलाई ४–० को अग्रतामा राखेका हुन् ।

यो जितसँगै बार्सा सेमिफाइनल नजिक पुगेको छ । त्यस्तै अर्को खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले इङ्गलिश क्लब एस्टन भिल्लालाई ३–१ ले हरायो ।

घरेलु मैदानमा पीएसजीलाई जिताउन ख्विचा ख्वारात्स्खेलिया, १९ वर्षे डेजाइरे डुए र नुनो मेन्डेसले गोल गरे । 

भिल्लाका मोर्गन रोजर्सले ३५औँ मिनेटमा गोल गर्दै घरेलु समर्थकलाई स्तब्ध बनाउन सफल भएका थिए । तर भिल्लाले अग्रता जोगाउन सकेन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ