arrow

एथलेटिकोलाई हराउँदै रियाल मड्रिड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २९ बिहिबार
realmadrid-ethletico-25-3-1.jpg

काठमाडौँ । स्पेनिश क्लब रियाल मड्रिड यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । गएराति सम्पन्न खेलमा घरेलु प्रतिद्धन्द्धी एथलेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै रियाल अन्तिम आठमा पुगेको हो ।

राउण्ड अफ १६ को दोस्रो लेगमा एथलेटिको मड्रिडले १–० को जित हासिल गरेपछि समग्रमा २–२ को नतिजा आएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । यसअघि पहिलो लेग रियाल मड्रिडले २–१ गोल अन्तरले जितेको थियो ।

पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडका जुलियन अल्भारेज, एन्जल कोरिया र मार्कोस लियोरेन्टले पेनाल्टी मिस गरेका थिए ।

यो जितपछि रियाल मड्रिडले अब क्वार्टरफाइनलमा प्रिमियर लिग क्लब आर्सनलको सामना गर्ने भएको छ । आर्सनलले डच क्बल पीएसभी आइन्डहोभनमाथि फराकिलो जित हासिल गर्दै अन्तिम आठमा स्थान बनाएको हो । 

क्वार्टरफाइनलका खेलहरु पहिलो लेग अप्रिल ९ र दोस्रो लेग अप्रिल १५ मा हुने छन् ।        



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ