arrow

बायर्न च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा, बाहिरियो बायर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २८ बुधबार
cl-bm-bl-25.jpg

काठमाडौँ । जर्मन क्लब बायर्न म्युनिख यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । गएराति सम्पन्न राउण्ड अफ १६ को दोस्रो लेगमा जर्मन क्लब बायर लिभरकुसनलाई २–० गोल अन्तरले पराजित गर्दै बायर्न समग्रमा ५–० को नतिजासहित क्वार्टरफाइनलमा पुगेको हो । 

बायर्न म्युनिखले बायर लिभरकुसनलाई पहिलो लेगमा ३–० ले पराजित गरेको थियो । दोस्रो लेगको खेलमा बायर्न म्युनिखको जितमा ह्यारी केन र अल्फोन्सो डेभिजले एक एक गोल गरेका थिए ।

यो हारसहित बायर लिभरकुसनको यस सिजनमा च्याम्पियन्स लिगको यात्रा समाप्त भएको छ । 

अब क्वाटरफाइनलमा बायर्न म्युनिखले इटालियन क्लब इन्टर मिलानको सामना गर्नेछ । इन्टरले राउन्ड अफ सिक्सटिनलाई फेयोनर्डलाई हराएको थियो । 

क्वार्टरफाइनलको पहिलो लेग अप्रिल ८ र दोस्रो लेग अप्रिल १५ मा हुने छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ