arrow

बार्सा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा, बाहिरियो बेनेफिका

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २८ बुधबार
cl-bar-bene-25.jpg

काठमाडौँ । स्पेनिश लिग लिडर बार्सिलोना यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न राउण्ड अफ १६ को दोस्रो लेगको खेलमा बार्सिलोनाले पोर्चुगिच क्लब बेनेफिकालाई ३–१ गोल अन्तरले पराजित गर्दै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको हो । 

बार्सिलोनाको जितमा राफिन्हाले २ गोल गरेका थिए भने लामिन यमलले एक गोल गरेका थिए । त्यसैगरी बेनेफिकाका लागि एक गोल निकोलस ओटामेन्डीले गरेका थिए ।

बार्सिलोनाले पहिलो लेगमा १–० को जित हासिल गरेको आधारमा समग्रमा ४–१ को नतिजासहित क्वार्टरफाइनलमा पुगेको हो । 

यो जितसँगै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ भने बेनेफिकाको च्याम्पियन्स लिगको यस सिजनको यात्रा समाप्त भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ