बार्सा छ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा, पीएसजी पनि पुग्यो
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३ बुधबार
859
Shares
काठमाडौँ । स्पेनिश महारथी बार्सिलोना ६ वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
च्याम्पियन्स लिगको दुई लेगमा समग्रमा ५–३ को जित निकाल्दै बार्सिलोना सन् २०१९ पछि अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।
पहिलो लेगमा बार्सिलोना ४–० ले विजयी भएको थियो । दोस्रो लेगमा ३–१ ले पराजित भए पनि बार्सिलोना पहिलो लेगको गोल संख्याको फाइदा उठाउन सफल भएको हो ।
डर्टमन्डको सिंगल इदुना पार्कमा भने बार्सिलोनाले कमजोर प्रदर्शन गर्यो । खेलभर त्यस्ता अवसर बनाउनै सकेन । ठीक उल्टो, डर्टमन्डले भने खेलमा फर्कन निकै प्रयास गरिरह्यो । यद्यपि टोली पहिलो लेगकै खराब प्रदर्शनले अन्तिम आठबाट माथि बढ्न सकेको छैन ।
यता, फ्रेन्च क्बल पेरिस सेन्ट जर्मेन पनि सेमिफाइनलमा पुगेको छ । दोस्रो लेगमा इङ्गलिश क्लब एस्टन भिल्लासँग पराजित भए पनि समग्रमा अगाडि रहँदै पीएसजी सेमिफाइनलमा पुगेको हो ।
पीएसजीले पहिलो लेग ३–१ ले जितेको थियो भने दोस्रो लेग ३–२ ले हारेको थियो ।