काठमाडौँ । इङ्गलिश प्रिमियर क्लब लिभरपुलले यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत स्पेनिश क्लब रियाल मड्रिडलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा आफ्नै घरेलु मैदान एनफिल्डमा लिभरपुलले रियाल मड्रिडलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको जितमा एलेक्सिस म्याक अलेस्टर र कोडी गाक्पोले एक एक गोल गरेका हुन् । यो जितपछि लिभरपुल च्याम्पियन्स लिगको शीर्ष स्थानमा उक्लिएको छ। लिभरपुलको ५ खेलमा सबै खेल जितेर १५ अंक रहेको छ ।
त्यसैगरी रियाल मड्रिडको भने यस सिजनको च्याम्पियन्स लिगमा यो तेस्रो हार हो । ५ खेलमा ६ अंक रहेको रियाल मड्रिड २४औं स्थानमा रहेको छ ।