काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले एसियन गेम्स छनोटअन्तर्गत चीनविरुद्धको खेलमा एकै ओभरमा ६ छक्का प्रहार गर्दै ऐतिहासिक कीर्तिमान कायम गरेका छन्।
भुर्तेलले इनिङ्सको नवौँ ओभरमा लगातार ६ बलमा ६ छक्का प्रहार गर्दै नेपालका लागि यस्तो उपलब्धि हासिल गर्ने दोस्रो खेलाडी बनेका छन्। यसका साथै उनी विश्व क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने छैटौँ खेलाडीका रूपमा समेत दर्ज भएका छन्।
यसअघि नेपालका अलराउन्डर दिपेन्द्र सिंह ऐरीले सन् २०२३ मा एसीसी प्रिमियर कपअन्तर्गत कतारविरुद्धको खेलमा २०औँ ओभरमा ६ छक्का प्रहार गर्दै यो कीर्तिमान बनाएका थिए।
मैदानमा आक्रामक ब्याटिङ गरेका भुर्तेलले ४३ बलमा १२९ रन बनाएर आउट भए । सो खेलमा उनले पाँच चौका र १६ छक्का प्रहार गरे ।