कुशलको कीर्तिमानी ब्याटिङमा नेपालले चीनलाई दियो ३१४ रनको विशाल लक्ष्य
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १७ आइतबार
614
Shares
तस्बिर फाइल
काठमाडौँ । सिंगापुरमा जारी एसियन गेम्स छनोटअन्तर्गत नेपालले चीनविरुद्ध आक्रामक ब्याटिङ गर्दै ३१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै चीनविरुद्ध ३१४ रनयो ऐतिहासिक योगफल तयार पारेको हो।
खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले एकै ओभरमा ६ छक्का प्रहार गर्दै टोलीलाई सनसनीपूर्ण सुरुवात दिलाए। उनले मात्र ४३ बलको सामना गर्दै १२९ रनको उत्कृष्ट इनिङ्स खेले।
भुर्तेलले इनिङ्सको नवौँ ओभरमा लगातार ६ बलमा ६ छक्का प्रहार गर्दै नेपालका लागि यस्तो उपलब्धि हासिल गर्ने दोस्रो खेलाडीको कीर्तिमान समेत बनाएका छन्।
नेपालका लागि अन्य ब्याटरहरूले पनि आक्रामक ब्याटिङ गरे, जसमा कुशल मल्लले ४७ बलमा ८५ रन र कप्तान रोहित पौडेलले २१ बलमा ६९ रनको योगदान दिए।