arrow

आईसीसी विश्वकप लिग–२

नेपाल र ओमानबीचको पहिलो अभ्यास खेल: ओमानले टस जितेर रोज्यो ब्याटिङ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ९ बुधबार
mulpani-cricket-ground-2080.jpg

काठमाडौँ । नेपाल 'ए' र ओमानको राष्ट्रिय टोलीबीचको दुई खेलको शृङ्खला आजदेखि काठमाडौँमा शुरू भएको छ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा भर्खरै भएको टसमा ओमानका कप्तानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन्। ओमानको यो निर्णयसँगै नेपाल 'ए' टोलीले शुरूवाती बलिङको निम्तो पाएको छ।

आगामी वैशाख १२ गतेदेखि शुरू हुने आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको तयारीका लागि यी दुई टोलीबीच अभ्यास खेल आयोजना गरिएको हो। लिग-२ को उक्त सिरिजमा आयोजक नेपालसँगै ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) बीच प्रतिस्पर्धा हुनेछ।

आजको खेलमा नेपाल 'ए' का युवा खेलाडीहरूलाई ओमानको राष्ट्रिय टोलीविरुद्ध आफ्नो क्षमता प्रदर्शन गर्ने राम्रो अवसर मिलेको छ। ओमानले पनि सिरिजअघि यहाँको मैदान र परिस्थितिसँग अभ्यस्त हुन यो अभ्यास खेललाई महत्त्व दिएको छ। दोस्रो अभ्यास खेल भोलि सोही मैदानमा हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ