arrow

क्रिकेट खेलाडी करण केसीले वर्षासँग साटे औँठी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १९ शनिबार
karan-kc-barsha-basnet.jpg

काठमाडौँ । नेपाली क्रिकेटर करण केसी र चलचित्र पत्रकार वर्षा बस्नेतले इङ्गेजमेन्ट गरेका छन् । अंग्रेजी नयाँ वर्षको अवसरमा दुवैले औंठी साटेका हुन्। 

उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा थिए। इङ्गेजमेन्टको तस्विर शुक्रबार दुवैले सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

करण केसीले आफ्नो पोस्टमा तस्विरसँगै ‘फरेवर स्टार्स नाउ’ लेखेका छन् भने वर्षाले पनि लव इमोजी राख्दै आफ्नै खाताबाट तस्विर शेयर गरेकी छन् ।

करण–वर्षाको प्रेम कथा लामो समयदेखि चर्चामा रहँदै आएको थियो। यद्यपि उनीहरूले औपचारिक रूपमा स्वीकारोक्ति नगरेका थिए । उनीहरूको सम्बन्ध गोप्य रहन सकेको थिएन।

इङ्गेजमेन्टपछि अब उनीहरूको प्रेम कथाले नयाँ मोड लिएको छ र फ्यानहरूमा उत्साह छाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ