इसेवाको ब्राण्ड प्रवर्द्धकको रूपमा रोहित कुमार पौडेलको निरन्तरता
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १० बुधबार
660
Shares
काठमाडौँ। नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आफ्नो ब्राण्ड प्रवर्द्धकको रूपमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेललाई यस वर्ष पनि पुनः अनुबन्ध गरेको छ।
विगत दुई वर्षदेखि इसेवाको ब्राण्ड प्रवर्द्धकका रूपमा अनुबन्धित भएका पौडेलसँगको सम्झौताको अवधि पुनः थप गरिएको हो। पुलचोक ललितपुरमा अवस्थित इसेवाको प्रधान कार्यालयमा इसेवाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जगदीश खड्का र रोहित कुमार पौडेलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो।
ब्राण्ड प्रवर्द्धकको यात्रालाई निरन्तरता दिन पाउँदा कप्तान पौडेलले खुसी व्यक्त गर्दै यो साझेदारीलाई एउटा नयाँ आयाम दिनेबारे विश्वस्त रहेको बताए। इसेवाका सिइओ जगदीश खड्काले नेपाली क्रिकेटलाई अगाडि बढाउनमा महत्त्वपूर्ण भूमिका निभाइरहनुभएका कप्तान रोहित कुमार पौडेलजस्ता प्रतिभाशाली व्यक्तित्वलाई ब्राण्ड प्रवर्द्धकका रूपमा निरन्तरता दिन पाउनु आफैँमा गर्वको विषय हो बताए। साथै, २०२६ मा हुने टी–२० विश्वकपका लागि छनौट भएकोमा बधाई तथा नेपाल प्रिमियर लिग (एनपीएल) मा पनि उहाँलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए।”