नेपाली महिला क्रिकेट टोलीले आज राजस्थानसँग पहिलो खेल खेल्दै
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २७ बिहिबार
908
Shares
काठमाडौँ। भारतमा आज (बिहीबार) बाट सुरु हुने मैत्रीपूर्ण क्रिकेट शृङ्खलामा नेपालले आफ्नो पहिलो खेलमा राजस्थान को टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ। नेपाली टोली भारतमा कुल ६ वटा मैत्रीपूर्ण क्रिकेट शृङ्खला खेल्नका लागि त्यहाँ पुगेको हो।
कप्तान इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टिमले भारतका तीन फरक टिमसँग दुई-दुई खेल खेल्नेछ। आज सुरु भएको यो शृङ्खला नोभेम्बर १९ तारिखसम्म चल्नेछ। नेपाली टिमले भारतको उत्तराखण्ड, बंगाल र राजस्थानका महिला क्रिकेट टिमसँग प्रतिस्पर्धा गर्नेछ।
कप्तान बर्मासँगै नेपाली टिममा कविता कुँवर, सना प्रवीण, रुबिना क्षेत्री, अलिसा यादव, ईश्वरी विष्ट, रोमा थापा, आश्मिा कर्माचार्य, सबनम राई, बिन्दु रावल, पूजा महतो, लक्ष्मी साउद, मनीषा उपाध्याय, सिमाना केसी र ममता चौधरी रहेका छन्।