arrow

वायु प्रदूषण

महानगरको कडा निर्णय: काठमाडौँमा अब फोहर र प्लाष्टिक बाल्न नपाइने

अटेर गरे १० हजार जरिवाना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
Pollution-KTM-Haze.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा) ले वायु प्रदूषण नियन्त्रण र जनस्वास्थ्यको सुरक्षाका लागि आफ्नो क्षेत्रभित्र फोहर, प्लाष्टिक तथा प्लाष्टिकजन्य वस्तुहरू खुला रूपमा बाल्न पूर्ण प्रतिबन्ध लगाएको छ।

चिसो बढ्दै जाँदा खुला ठाउँमा फोहर र प्लाष्टिक बाल्ने क्रम बढ्दै गएकोले यसले वातावरण र जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै महानगरको वातावरण विभागले यो प्रतिबन्ध लगाएको हो। विभाग प्रमुख सरिता राईले दिएको जानकारीअनुसार, यो नियम अटेर गरी प्लाष्टिकजन्य वस्तु बालेमा प्रतिपटक रु १० हजार जरिवाना गरिनेछ।

विभाग प्रमुख राईले जाडो महिनामा काठमाडौँ उपत्यकाको वायु प्रदूषण अत्यधिक बढ्ने गरेको र यसको प्रमुख कारक खुला रूपमा बालिने प्लाष्टिकजन्य वस्तुहरू भएको बताएकी छन्। उनले जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकूल असर घटाउन यो निर्णय गरिएको जानकारी दिइन्।

वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक र श्वासप्रश्वासका बिरामीहरूलाई नकारात्मक असर गर्ने भएकाले सहरवासी सबैको स्वास्थ्य सुरक्षाका लागि खुला रूपमा प्लाष्टिकजन्य वस्तु बालेर धुवाँ उत्सर्जन घटाउने प्रयास महानगरले गरेको हो। उनले जारी गरेको प्रतिबन्ध अटेर गर्नेलाई काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन, २०८२ बमोजिम कडा कारबाही गरिने स्पष्ट पारेकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ