arrow

वायु प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको जाँचमा तीव्रता

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २७ आइतबार
pollution-kathmandu-82-4-2.jpeg

काठमाडौँ । काठमाडौँ महानगरपालिका, वातावरण व्यवस्थापन विभागले काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको जाँच प्रक्रियालाई तीव्रता दिएको छ। 

विभागले उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरी विभिन्न स्थानमा गुड्ने सवारीसाधनको नियमित प्रदूषण जाँच गर्दै आएको हो। 

उपत्यकाको वायुको गुणस्तरमा सुधार ल्याउने उद्देश्यले सडकमा गुडिरहेका सवारीसाधनले तोकिएको मापदण्ड पालना गरे वा नगरेको यकिन गर्न यो विशेष अभियान सञ्चालन गरिएको महानगरपालिकाले जनाएको छ।

प्रदूषण जाँचका क्रममा सरकारले तोकेको मापदण्ड पूरा नगर्ने सवारीसाधनलाई प्रहरीले तत्कालै कानुनअनुसार कारबाहीको दायरामा ल्याउने गरेको छ। 

मापदण्ड विपरीतका सवारीसाधन चलाउँदा वायु प्रदूषण उल्लेख्य रूपमा बढ्ने र यसले जनस्वास्थ्यमा समेत गम्भीर असर पुर्‍याउने भएकाले महानगरले जरिवानासहितको कारबाही प्रक्रियालाई थप कडा बनाएको हो। 

वातावरण जोगाउन र स्वच्छ सहर निर्माणका लागि सवारी धनीहरूलाई आफ्ना सवारीसाधनको नियमित मर्मत र प्रदूषण परीक्षण गराउन समेत विभागले आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ