arrow

काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषित सहर [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ११ शुक्रबार
kathmandu-polluted-83-1-11 (7).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काडमाडौँ । काठमाडौँ सहर विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ । मंगलबारदेखि प्रदूषणले उच्च हुन थालेको काठमाडौँ बुधबार र बिहीबार पनि पूर्ण प्रदूषित रहेको थियो । शुक्रबार मध्यान्हपछिसमेत विश्वकै एक नम्बर प्रदूषित सहरमा मापन भएको एक्युएयर डट कमले जनाएको छ । 

शुक्रबार मध्यान्हपछि काठमाडौँको एयर क्वालिटि इन्डेक्स एक्यूआई २१० रहेको छ । जबकि दोस्रो स्थानको भारतको दिल्लीको १६० रहेको छ । 

त्यस्तै तेस्रो स्थानको बंगलादेशको ढाकाको १५२ तथा थाइल्याण्डको चियाङमाईको १५१ रहेको छ । साथै पाँचौँ पाकिस्तानको लाहोरको १४४ तथा छैटौँ चीनको बेइजिङको ११८ रहेको छ । 

यसरी हेर्दा दक्षिण एसियासँगै नेपालका छिमेकी सबै देश प्रदूषित रहेका छन् । 
 
वर्षा नभएका कारणले पनि वायु प्रदूषण उच्च भइरहेको हो । मंगलबार दिउँसो करिब ९२ को हाराहारीमा रहेको वायु गुणस्तर सूचकांक बिहीबार बिहान ११ बजेस २४७ पुगेको थियो । यो स्तर ‘धेरै अस्वस्थ्य’ श्रेणीमा पर्छ, यसले सर्वसाधारणको स्वास्थ्यमा असर पार्न सक्ने जनाइएको छ।

एक्यूआईको मापदण्डअनुसार ०–५० सम्म ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ्य’, १५१–२०० ‘सबैका लागि अस्वस्थ्य’, २०१–३०० ‘धेरै अस्वस्थ्य’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ। 

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वर्षा नहुनु, बढ्दो सुक्खा, कृषि अवशेष जलाउने प्रवृत्ति तथा वन डढेलोका घटनाले वायु प्रदूषण बढाउन मुख्य भूमिका खेलेका छन्। 

जल तथा मौसम विज्ञान विभागका मौसमविद् बिनु महर्जनले आगामी तीन दिनसम्म उल्लेखनीय वर्षाको सम्भावना नरहेको र तापक्रम अझै बढ्ने संकेत देखिएको जानकारी दिइन्। विशेषगरी वायु प्रदूषणको असर बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटु रोगीलाई  पर्ने जनाइएको छ । अत्यावश्यकबाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र धुलो–धुवाँबाट जोगिन सुझाइएको छ। 

अहिलेको काठमाडौंको वायु प्रदूषणले दैनिक १२ वटा चुरोट खाए बराबर हानि गर्छ। काठमाडौँसँगै नेपालका अन्य सहरले पनि अस्वस्थ्यको सीमा पार गरेका छन् । काठमाडौँमा राम्रोसँग घाम लाग्न सकेको छैन भने धुम्म भएका कारण भिजिबिलिटीसमेत कम रहेको छ । 


 

kathmandu-polluted-83-1-11 (2).JPG
kathmandu-polluted-83-1-11 (3).JPG
kathmandu-polluted-83-1-11 (4).JPG
kathmandu-polluted-83-1-11 (5).JPG
kathmandu-polluted-83-1-11 (6).jpg
kathmandu-polluted-83-1-11 (7).jpg
kathmandu-polluted-83-1-11 (8).jpg
kathmandu-polluted-83-1-11 (9).jpg
kathmandu-polluted-83-1-11 (10).jpg
kathmandu-polluted-83-1-11 (11).jpg
kathmandu-polluted-83-1-11 (12).jpg
kathmandu-polluted-83-1-11 (13).jpg
kathmandu-polluted-83-1-11 (14).jpg
kathmandu-polluted-83-1-11 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ