arrow

नागरिक अगुवा डा पाण्डेको अन्त्येष्टि [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन २ शनिबार
devendraraj-pandey-funeral-83-4-2.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । नागरिक अगुवा डा देवेन्द्रराज पाण्डेको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको शनिबार दिउँसो पशुपतिको विद्दुतीय शवदाहगृहमा दाहसंस्कार गरिएको हो ।

नागरिक आन्दोलनका अगुवा पाण्डेको ८७ वर्षको उमेरमा शुक्रबार साँझ विशालनगरस्थित उनको निवासमा निधन भएको थियो । उनलाई शुक्रबार नै पाटन अस्पतालबाट निवास ल्याइएको थियो । 
 
पाण्डेप्रति श्रद्धाञ्जलि व्यक्त गर्न नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, कांग्रेस सांसद अर्जुननरसिंह केसी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठ र अग्निप्रसाद सापकोटा, प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारलगायत नागरिक समाजका अगुवा, लेखक तथा अभियान्ताहरु आर्यघाट पुगेका थिए । 

नेता थापाले नागरिक अगुवा डा देवेन्द्रराज पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।  उनले नागरिक स्वतन्त्रता, समानता, मानव अधिकार र लोकतान्त्रिक चेतनाका पक्षमा जीवनभर निर्भिकतापूर्वक उभिएका नागरिक अगुवा डा पाण्डेको निधनले राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रको सजग पहरेदार गुमाएको बताए । 

उनले भनेका छन्, “नेपालको लोकतान्त्रिक आन्दोलनका निर्णायक मोडहरूमा उहाँले नागरिक तहबाट सङ्घर्षको समन्वय गर्दै निरंकुशताविरुद्ध दृढ आवाज उठाउनुभयो र नयाँ पुस्तालाई निरन्तर प्रेरित गरिरहनुभयो ।”

अर्थसचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा उनले नेपालको अर्थतन्त्र, सार्वजनिक प्रशासन र विकाससम्बन्धी बहसलाई नयाँ दृष्टि दिएको थापाको भनाइ छ । सार्वजनिक जीवनमा उनले देखाएको इमानदारी, पारदर्शिता र नैतिक साहस भावी पुस्ताका लागि अमूल्य विरासत रहनेमा थापाले विश्वास व्यक्त गरेका छन् ।

“सामाजिक सद्भाव, समानता र राष्ट्रिय एकताका पक्षमा उहाँले निर्वाह गर्नुभएको भूमिका विशेष स्मरणीय छ, उहाँले प्रज्वलित गर्नुभएको नागरिक चेतनाको दीप र छोड्नुभएको बौद्धिक सम्पदाले हामीलाई सधैँ मार्गदर्शन गरिरहनेछ”, सभापति थापाले भनेका छन् । 
    

devendraraj-pandey-farewell-funeral (1).jpg
devendraraj-pandey-farewell-funeral (2).jpg
devendraraj-pandey-farewell-funeral (3).jpg
devendraraj-pandey-farewell-funeral (4).jpg
devendraraj-pandey-farewell-funeral (5).jpg
devendraraj-pandey-farewell-funeral (6).jpg
devendraraj-pandey-farewell-funeral (7).jpg
devendraraj-pandey-farewell-funeral (8).jpg
devendraraj-pandey-farewell-funeral (9).jpg
devendraraj-pandey-farewell-funeral (2).jpeg
devendraraj-pandey-farewell-funeral (3).jpeg
devendraraj-pandey-farewell-funeral (4).jpeg
devendraraj-pandey-farewell-funeral (5).jpeg
devendraraj-pandey-farewell-funeral (6).jpeg
devendraraj-pandey-farewell-funeral (7).jpeg
devendraraj-pandey-farewell-funeral (8).jpeg
devendraraj-pandey-farewell-funeral (9).jpeg
devendraraj-pandey-farewell-funeral (10).jpeg
devendraraj-pandey-farewell-funeral (11).jpeg
devendraraj-pandey-farewell-funeral (12).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ