arrow

जगदीश खरेलले गरे मन्त्री बनेपछि आफ्नो संसार साँघुरिएको महसुस

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
jagdish-kharel-23-07-082.jpg

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारबाट मन्त्री बनेपछि आफ्नो संसार साँघुरिएको महसुस भएको बताएका छन् ।

आइतबार संवाद र सञ्चारमा स्वजागरणसम्बन्धी कार्यक्रममा उनले अहिले सरकारवादी भएपछि आफ्नो कित्ताकाट भएको महसुस गरेको बताएका हुन् ।

मन्त्री खरेलले भने, ‘म पत्रकार हुँदासम्म मेरो आकाश यति फराकिलो थियो, मेरा मान्छेहरू धेरै थिए । सबैले प्रशंसा गर्थे, राम्रो प्रश्न गरेको भनेर सोध्थे । तर मन्त्री भएपछि मेरो आकाश साँघुरिएको छ । अहिले त सरकारवादी भएछु । पहिला सबैको थिए, अहिले सरकार भएछु । मेरो कित्ताकाट भएको महसुस गरेको छु ।’

उनले मन्त्री बनेपछि आलोचनासमेत भोग्न थालेको बताए । 

कार्यक्रममा मन्त्री खरेलले व्यक्तिको आत्मपहिचान र भूमिकाप्रतिको स्पष्टता आवश्यक रहेको पनि बताए । 

उनले भने, ‘जब मैले राजनीतिमा पाइला राखेँ, त्यतिबेला नै म तयार थिएँ, अब म सरकारमा जाँदैछु । मैले सोचे जस्तो संसार मात्रै होइन, त्यो संसारभित्र म प्रवेश गर्दै छु भन्ने बुझिसकेको थिएँ । हामीमा ठूलो समस्या के छ भने हामी को हौँ र के हुँ भन्ने कुरा रिलाइज गरेका छैनौँ । त्यसैले हामी बढी दुःखी हुन्छौँ । पहिला म को हुँ र मेरो भूमिका के हो भन्ने कुरा बुझ्न जरुरी छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ