arrow

पत्रकारले पनि देश चलाउन सक्छन् भन्ने मान्यता स्थापित भएको छ : मन्त्री खरेल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ३ शनिबार
jagadish-kharel-03-10.jpg

काठमाडौँ । सञ्चार सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले सञ्चारकर्मीले आवश्यक पर्यो भने मन्त्रालय, वडा, पालिका र प्रदेश सबै चलाउन सक्ने मान्यताहरू स्थापित हुँदै गएको बताएका छन् ।

शनिबार नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटनमा उनले राज्य सञ्चालन भनेको सधैँ राजनीतिकर्मीले मात्र गर्न सक्छन् भन्ने पुरातन मूल्य र मान्यताहरू तोडिदै गएको भन्दै पत्रकारहरूले पनि देश चलाउन सक्ने मान्यताहरू स्थापित भएको बताए ।

उनले भने, ‘राज्य सञ्चालन सँधै राजनीतिकर्मीले मात्र सक्छन्, जसले राजनीतिलाई नै मूल पेशा बनाएका छन् उनीहरूले मात्र गर्न सक्छन्, उनीहरूले मात्र गर्नुपर्छ र उनीहरू मात्रै राज्य सञ्चालनको लागि बनेको हो भन्ने केही पुरातन मूल्य र मान्यताहरू अब तोडिदै गएका छन् । एउटा पत्रकार, सञ्चारकर्मीलाई समाचार लेख्नमात्रै होइन आवश्यक परेमा पत्रकारले देश चलाउन सक्छन् । मन्त्रालय, वडा, पालिका र प्रदेश चलाउन सक्छन भन्ने मान्यताहरू स्थापित हुँदै गएका छन् ।’

सञ्चारकर्मीलाई देशको बारेमा थाहा नभएको केही कुरा नभएको पनि उनको भनाइ छ ।

उनले एउटा पत्रकारलाई मन्त्री बनाएर पत्रकारिताकै बद्नाम भयो भन्ने अवस्था सिर्जना नगरेको भन्दै इमान, प्रतिष्ठा र आत्मसम्मानप्रति दखल पार्नु हुँदैन भन्ने कुरामा सँधै सचेत रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ