arrow

चुनावी सरकारका मन्त्री घट्दै, सुशीला कार्कीलाई सञ्चार मन्त्री खरेलले पनि छाडे 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ५ सोमबार
sushila-jagadish-82-10-5.jpg

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेस गरेका हुन् । 

मन्त्री खरेलले आफ्नो राजीनामा पत्रमा वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच आउन नदिन दलीय राजनीतिको मैदान जानुअघि पदबाट राजीनामा दिने निर्णय लिएको उल्लेख गरेका छन् । 

“वर्तमान राष्ट्रिय आवश्यकता, लोकतान्त्रिक प्रणालीको दीर्घकालीन सुदृढीकरण र जनअपेक्षाको परिप्रेक्षमा अब दलीय राजनीतिमार्फत सक्रिय एवं उत्तरदायी भूमिका निर्वाह गर्न वाञ्छनीय निष्कर्षमा पुगेको छु । अतः वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच आउन नदिन मैले पदबाट राजीनामा दिने निर्णय लिएको छु”, राजीनामा पत्रमा भनिएको छ । 

खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितपुर क्षेत्र नं २ बाट निर्वाचन लड्ने सम्भावना रहेको चर्चा चलिरहेका बेला राजीनामा आएको हो । 

यसअघि प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन लड्ने इच्छा राख्ने मन्त्रीहरूलाई राजीनामा दिन सुझाव दिएकी थिइन् । सोही क्रममा ऊर्जामन्त्री कुलमान घिसिङ, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पनि राजीनामा दिइसकेका छन् । 

मंगलबार उम्मेदवारी मनोनयन गर्नुपर्ने भएकाले भोलि बिहानसम्म राजीनामा नदिए ती मन्त्रीहरुले फागुन २१ सम्मै प्रधानमन्त्री कार्कीलाई साथ दिनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ