arrow

जेन-जी सम्झौता कार्यान्वयनमा विचलन स्वीकार्य नहुने खरेलको आफ्नै सरकारलाई चेतावनी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २५ बुधबार
jagadish-kharel-25-12-082.jpg

काठमाडौँ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले वर्तमान सरकारले ‘जेन-जी आन्दोलन’ सँग गरिएको १० बुँदे सम्झौता अक्षरशः कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले जेन-जी सम्झौताको कार्यान्वयनमा कुनै विचलन स्वीकार्य नहुने चेतावनी दिए। “जुन १० बुँदे जेन-जी सम्झौता गरिएको छ, त्यसको अक्षरशः पालना हुनुपर्छ। त्यसमा यताउता भयो भने स्वीकार्य हुँदैन,” उनले भने।

उनले उक्त सम्झौता सुशीला कार्की नेतृत्वको सरकारले आन्दोलनरत पक्षसँग गरेको उल्लेख गर्दै त्यसको कार्यान्वयनप्रति सरकार जिम्मेवार हुनुपर्ने बताए।

संसदमा ‘नयाँ राजनीति’को दाबी

सांसद खरेलले संसदभित्र भइरहेको राजनीतिक परिवर्तनलाई “नयाँ युगको शुरूआत” को रूपमा चित्रण गरे। उनले परम्परागत नेतृत्व कमजोर हुँदै गएको र नयाँ पुस्ता अगाडि बढिरहेको तर्क गरे।

“संसदभित्र पुराना पातहरू झरिरहेका छन्, नयाँ पालुवाहरू पलाइरहेका छन्। आज राजनीतिको परिभाषा र नेतृत्वको स्वरूप परिवर्तन हुँदैछ,” उनले भने। उनले युवा नेतृत्वप्रति विश्वास व्यक्त गर्दै नयाँ पुस्ताले जनतालाई परिणाम दिने दाबी गरे।

सांसद खरेलले रास्वपाका सभापति रवि लामिछानेलाई नेपालको राजनीतिको ‘परिभाषा बदल्ने नायक’ का रूपमा प्रस्तुत गरे।

उनले भने, “यदि राजनीतिको परिभाषा बदल्ने कोही नायक जन्मेको छ भने, त्यो अहिलेको अवस्थामा रवि लामिछाने नै हुन्।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ