arrow

सांसद खरेलले खोले सम्पर्क कार्यालय [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १९ बिहिबार
jagadish-12-19.jpg

काठमाडौँ। ललितपुर क्षेत्र नं २ स्थित ग्वार्को चोक नजिकै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ ।

बिहीबार एक विशेष कार्यक्रमको आयोजनागरी उक्त कार्यालयको उद्घाटन गरिएको हो । कार्यालय उद्घाटनपछि सांसद खरेलले चुनावमा जनतासँग नजिक हुने र चुनाव जितेपछि सांसदहरू हराउने प्रथाको अन्त्य गर्ने उद्देश्यले सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको बताए ।

अब कार्यालय उद्घाटन भएसँगै जनतासँग प्रत्यक्ष नियमितरुपमा जोडिने, सम्पर्क र सम्बन्ध बनाउने साथै कुराकानी गर्ने उनको भनाई छ ।

उनले भने, ‘चुनावमा आउने र चुनाव सकिएपछि र जितेपछि सांसदहरू हराउने प्रथाको अन्त्य हुनुपर्छ भन्ने लागेर हामीले जनतासँग प्रत्यक्ष एवं नियमितरुपमा जोडिन, सम्पर्क सम्बन्ध बढाउन र कुराकानी गर्नका लागि ग्वार्को चोकमा सांसद सम्पर्क कार्यालय उद्घाटन गरेको छौँ।’

उनको अुनसार आफ्नो क्षेत्रका मतदाताका लागि छुट्टै विशेष समय छुट्याइएको छ ।

हरेक शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म ललितपुर क्षेत्र नं २ का जनताले मात्र भेट्न पाउने छन् । 

त्यो बाहेकको समयमा भने अरुले पनि भेट गर्न सक्नेछन् ।

‘हरेक शनिबार ७ बजेदेखि १० बजेको समयमा ललितपुर २ को जनताका लागि मात्र भनेर छुट्याएको छौँ। अब जनताको समस्या, धारणा र सुझाव प्रत्यक्ष रुपमा लिने छौं । अब सांसद देखिन्छ, सुनिन्छ र भेटिन्छ पनि ।’

उनले अत्यधिक मतले आफूलाई विजयी गराउने मतदातालाई धन्यवादसमेत दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ