arrow

अब भगवानको रक्षा गर्नुपर्ने अवस्था आयो : जगदीश खरेल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ५ मंगलबार
jagadish-kharel-25-12-082.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले ललितपुरका ऐतिहासिक सम्पदा र प्राचीन मूर्तिहरू चोरी भइरहेको भन्दै संसदमा गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सम्पदा र सभ्यताको धनी सहर ललितपुरमा “भगवानले हाम्रो रक्षा गर्ने नभई अब हामीले भगवानको रक्षा गर्नुपर्ने” विडम्बनापूर्ण अवस्था सिर्जना भएको बताए ।

ललितपुर क्षेत्र नम्बर २ का सांसद खरेलले आफ्नो क्षेत्रमा प्राचीन मूर्ति र ऐतिहासिक हिटीहरू हराइरहेको तथा सम्पदा क्षेत्रमा अतिक्रमण बढिरहेको उल्लेख गरे ।

उनले भने, “भनिन्छ, भगवानले हाम्रो रक्षा गर्छन्, तर मेरो नगरमा अब भगवानको रक्षा गरिदिनुस् भन्नुपर्ने बेला आएको छ । मूर्तिहरू चोरी भएका छन्, हिटीहरू हराएका छन् । कतिपय ठाउँमा उत्खनन गर्नुपर्ने आवश्यकता छ भने कतै अतिक्रमण बढेको छ ।”

सांसद खरेलले १६०० वर्ष पुरानो रातो मछिन्द्रनाथ जात्रा मा प्रयोग हुने विशेष सामग्री ‘हिटी मंग’ हराएको विषय पनि सदनमा उठाए । उनका अनुसार ‘धोमा’को दायाँबायाँ राखिने करिब नौ फिट लामो र ९० किलो तौल भएको उक्त ऐतिहासिक सामग्री हराएको भए पनि त्यसबारे कुनै जानकारी नभएको बताए ।

उनले भने, “रातो मछिन्द्रनाथको जात्रामा प्रयोग हुने, खासगरी ‘धोमा’को दायाँबायाँ राखिने नौ फिट लामो र करिब ९० किलो तौल भएको ‘हिटी मंग’ हराएको छ । त्यो कहाँ गयो, कसैलाई थाहा छैन ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ