जगदीशको राजनीतिक गतिः सोमबार मन्त्रीबाट राजीनामा, मंगलबार बिहान पार्टी प्रवेश, दिउँसो उम्मेदवारी
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ६ मंगलबार
2.7k
Shares
काठमाडौँ । निवर्तमान सञ्चार मन्त्री जगदीश खरेल राजनीतिमा निकै तीव्र गतिमा हाम फालेका छन् । जेन–जी आन्दोलनपछि सञ्चार मन्त्री बनेका उनले सोमबार मन्त्री पदबाट राजीनामा दिए ।
उनी मंगलबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा प्रवेश गरे । दिउँसो उनले सोही पार्टीबाट टिकट पाए र उम्मेदवारी दर्ता गराए ।
उनले ललितपुर २ बाट उम्मेदवारी दर्ता गराएका हुन् । उनी सातदोबाटोस्थित ललितपुर क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
खरेलले मन्त्री भएर जाँदा सम्बोधनका क्रममा यो जिम्मेवारीको भारी बिसाएपछि फेरि सञ्चारकर्मीकै रूपमा देख्न पाउनु हुन्छ भन्दै आएका थिए ।
उनी ईमेज च्यानलको समाचार प्रमुख हुँदाहुँदै अन्तरिम सरकारको मन्त्री बन्न पुगेका थिए ।
सोमबारको उनको निर्णय र मंगलबारको गतिविधिले उनको राजनीतिक गति निकै तीव्र गतिमा अगाडि बढिरहेको स्पष्ट हुन्छ ।