arrow

जेन-जी शहीदका अपूरा सपना पूरा गर्छौँ : खरेल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २६ मंगलबार
jagadish-kharel-26-11.jpg

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ललितपुर क्षेत्र नं २ बाट निर्वाचित सांसद जगदीश खरेलले गत भाद्र २३ र २४ गतेको जेन-जी आन्दोलनमा सहिद भएका विनोद महर्जनको परिवारलाई भेटेका छन् ।

मंगलबार ललितपुर महानगरपालिका-७ पाटन सुन्धारा–दुपातका सहिद ३४ वर्षीय विनोद महर्जनको परिवालाई भेटेर खरेलले आशिर्वाद लिएका हुन् ।

सो क्रममा उनले आफू निर्वाचित भएसँगै जनतालाई धन्यवाद दिन जानुभन्दा अगाडि विनोद महर्जनको घरमा आशिर्वाद लिन गएको बताए ।

जेन-जीकै बलिदानको जगमा आम जनताले भोट दिएर सांसदमा आफू चुनिएको उनले बताए ।

‘म निर्वाचित भएसँगै जनतालाई धन्यवाद दिन जानुभन्दा अगाडि विनोद महर्जनको घरमा आशिर्वाद लिन आएको हुँ । म जेन-जी जनआन्दोलनबाट नै मन्त्री बनेको र म राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार बनेको साथै जेन-जीहरूकै बलिदानको जगमा आम जनताले भोट दिएर सांसदमा चुनिएको छु ’उनले भने ।

उनले जेन-जी आन्दोलनका सहिद र प्रतिनिधिले भ्रष्टाचारविरुद्ध ,रोजगारी र समृद्धिको लागि गरेको आन्दोलनको अझै अपूरो रहेको धारणा राखे ।

जेन-जी सहिदका अपूरा क्रान्तिलाई अब रास्वपाको सरकारले पूरा गर्ने उनको दाबी छ ।

उनले भने,‘जेन-जी आन्दोलनका सहिद र जेन-जी प्रतिनिधिले जुन रुपमा आन्दोलन गरे त्यो भ्रष्टाचारविरुद्ध ,रोजगारी र समृद्धिका लागि थियो । देशमै भविष्य सुनिश्चित होस् भन्ने चाहना थियो । त्यो चाहना अझै अधूरो छ । त्यो अधुरो क्रान्तिलाई पूरा गर्न जनताले देशभरबाट मतपत्रमार्फत रास्वपालाई दुई तिहाईको बहुमत दिनुभएको छ। अब परिवर्तनको बाटोमा मुलुक जान्छ भन्ने उहाँहरूको विश्वास छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ