arrow

सञ्चारमन्त्री खरेल कोरिया जाने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३१ शुक्रबार
jagadish-kharel-82-6-23.jpg

काठमाडौँ। सिओलमा आयोजना हुने ११औँ ग्लोबल आईसीटी लिडरसिप फोरममा सहभागी हुन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र दक्षिण कोरिया जाने भएका छन् । 

आगामी कात्तिक २६ गते हुने उक्त फोरममा सहभागिताका लागि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई अनुमति दिएको हो । 

सरकारले सार्वजनिक वित्त व्यवस्थापन परियोजनाको लागि विश्व बैंकको व्यवस्थापनमा मल्टिडोनर ट्रष्ट फण्डबाट प्राप्त हुने १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता खरेलले बताए । 

यस्तै सरकारले विद्युत उत्पादन, प्रशारण र वितरण लगायतका विभिन्न आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ