काठमाडौँ । कम्युनिष्ट नेता वामदेव गौतम आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेका छन् । नेकपा विभाजनपछि अलग बस्दै आएका गौतम पछिल्लो समयमा नेकपा एसमा प्रवेश गर्ने चर्चा परिचर्चाको बीचमा आलोकनगरस्थित नेकपा एसको कार्यालय पुगेका हुन् ।
सो क्रममा आलोकनगरमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र नेता गौतमबीच भेटवार्तासमेत भएको छ ।
पछिल्लो समय पार्टी एकताका सन्दर्भमा दुई नेताबीच वार्ता चलिरहेको छ । एउटा टोलीसमेत गठन भएको छ । सम्भवतः छिट्टै वामदेव एसमा जाने छन् ।
यसअघि एमालेमा फर्किने संकेत गरेका भए पनि पूर्व उपाध्यक्ष डा. भीमबहादुर रावललाई पार्टीबाट हटाएपछि उनी झस्केका छन् ।
उनीमात्र हैन एमालेमा रहेकाहरु अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा जानेहरुको हालत के हुन्छ भन्नेसमेत देखाइदिएका छन् ।
वामदेव एसमा जाँदा आफ्नो भूमिका खोजिरहेका छन् । उनी सक्रिय भूमिकाको प्रतिक्षामा छन् ।