वामदेव, नारायणकाजी र भगवतीले त्यागे राष्ट्रिय सभा, प्रत्यक्षमा चुनाव लड्ने
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ४ आइतबार
895
Shares
तस्बिर : फाइल
काठमाडौँ । राष्ट्रिय सभाका तीन सदस्यले राजीनामा दिएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरू वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा एमालेकी भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा पेस गरेको संसद्का प्रवक्ता एकराम गिरीले बताए ।
नेकपा नेता गौतम बर्दिया–१, श्रेष्ठ सर्लाही–३ र न्यौपानेले तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न पदत्याग गरेका हुन् । उनीहरूको कार्यकाल आगामी फागुन २० गतेसम्म थियो । रासस