arrow

वामदेवको एकता अभियान फुट्यो, बहुमत माओवादीतिर लाग्ने, आफू एमालेतिर, माधव हेरेको हेर्‍यै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ६ आइतबार
ekata-rastriya-abhiyan-81.jpg

काठमाडौँ । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान फुटेको छ । उपाध्यक्ष महेन्द्र अर्यालको नेतृत्वमा बुहमत केन्द्रीय समिति सदस्य वामदेवबाट अलग्गिएको बताइएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले नेकपा एकता राष्ट्रिय अभियान परित्याग गरेको घोषणा गरेका हुन् ।
 
अर्याल नेकपा एकता राष्ट्रिय अभियानमा लुम्बिनी प्रदेश इन्चार्ज थिए । त्यस्तै, कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज भट्टराई, कोशी प्रदेश इन्चार्ज इन्द्र सुब्बा र मधेश प्रदेश इन्चार्ज हरि काफ्लेले वामदेवको साथ छाडेका छन् । 

उनीहरुले एकता र समायोजनको लागि विचार मिल्ने नेकपा (माओवादी केन्द्र) लगायतका विभिन्न वामपन्थी दलसँग वार्ता गर्ने गरी ४ सदस्य वार्ता समितिसमेत गठन गरेका छन् । वार्ता समितिको संयोजक अर्याल रहेका छन् भने काफ्ले, सुब्बा र भट्टराई उक्त समितिमा सदस्य रहेका छन् ।

वामदेव निःशर्त ढंगले एमालेमा प्रवेश गर्नुपर्छ भन्ने ढंगले अगाडि बढेपछि विभाजनको बाटो रोज्नुपरेको उनीहरुले बताए । 

एमालेभन्दा माओवादी केन्द्र नै अग्रगामी शक्ति रहेको उनीहरुको निष्कर्ष छ । यता यसअघि नेकपा एकीकृत समाजवादीमा जानका लागि खुट्टा उचालेका वामदेव एसका अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि भने बाटो मोडेका थिए ।

यसले माधवलाई हेरेको हेर्यै बनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ