arrow

वामदेवले खोजे सिधै जनतामा पुग्ने जिम्मेवारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ९ सोमबार
bamdev-gautam-05-09.jpg

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता वामदेव गौतमले सिधै जनतामा पुग्ने जिम्मेवारी खोजेको बताएका छन् । सोमबार ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी पार्टीका भित्री कुरा आफूलाई थाहा नभएको भन्दै आफूले जिम्मेवारी खोजेको बताएका हुन् । 

उनले भने, ‘मैले जनतामा सिधै गइहाल्ने जिम्मेवारी खोजेको हुँ । जनतामा सिधै जाने माध्यम के हुन सक्छ र समाजवादी पार्टीमा त्यस्तो के छ सबै थाहा छैन । त्यसको पहिचान खोजिरहेको छु ।’

नेता गौतमले समाजवादीका नेताहरु काठमाडौँ केन्द्रित भएको भन्दै पार्टीले प्रत्येक सदस्यले एउटा जिम्मेवारी वहन गर्नदिनुपर्ने बताए । 

‘काठमाडौं उपत्यका भित्र समाजवादीका नेताहरु छन् । थल्लो तहमा त निश्चय पनि नेताहरु छैनन् । तल्लो तहमा नेता छैन भन्ने मलाई लागेको पनि छ । त्यसैले पार्टीको प्रत्येक सदस्यले एउटा न एउटा जिम्मेवारी वहन गर्नुपर्छ,’ उनले भने । 

यस्तै उनले कम्युनिष्ट पार्टीका सदस्यले जिम्मेवारी बहन गर्न नसक्ने भए त्यो नक्कली कम्युनिष्ट हुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ