सोह्र वर्ष उमेर पुगेकालाई काम गर्ने अधिकार दिनुपर्छ: वामदेव गौतम
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १७ बुधबार
943
Shares
काठमाडौं। राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालमा १६ वर्ष उमेर पुगेको व्यक्तिले काम गर्न पाउने कानूनी प्रावधान बनाउनुपर्ने माग गरेका छन्।
बुधबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपालको वर्तमान कानूनमा १८ वर्ष पुगेपछि मात्र काम गर्न पाउने व्यवस्था रहेको तर अमेरिकासहितका अन्य देशहरूमा १६ वर्षमै काम गर्न पाउने व्यवस्था रहेको बताए। उनले नेपालमा पनि १८ वर्षको प्रावधान हटाएर १६ वर्षमै काम गर्न पाउने कानूनी प्रावधान जरुरी रहेकोमा जोड दिए।
गौतमले भने, "हाम्रो करिब ६० लाख युवाहरू संसारभर बाँडिएका छन्। उनीहरूले पठाएको रकमबाट देश चलिरहेको छ। उनीहरूलाई स्वदेशमै रोजगारी दिन सक्ने वातावरण बनाउनुपर्छ।" उनले काम गर्नसक्ने व्यक्ति १६ वर्षदेखि नै काम गर्नसक्ने तर्क गर्दै भने, "नेपालमा १८ वर्ष लगाउनुपर्छ? दुई वर्ष काम बिहीन हुने। १६ वर्षकोले पनि काम गर्न पाउने कानून बनाउनुपर्छ।"
उनले ऋणमाथि ऋण थुपार्ने भन्दा सरकारले युवाहरूलाई स्वदेशमै रोजगारी दिने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन्।