arrow

सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने

समितिमा वामदेवको सुझाव- प्रधानमन्त्री बन्नेले काम नगरे कान समातेर उठबस गराउनुपर्छ [भिडियो

यिनीहरू मुलुकको प्रधानमन्त्री बन्न लायक छैनन्, समस्याको समाधान यसरी गर्ने हो यिनीहरूले गर्न सकेनन् भनेर आम जनतालाई भन्नुपर्छ 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ९ मंगलबार
bamdev-09.jpg

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् । मंगलबार राष्ट्रिय सभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपालको सम्पूर्ण जमिन राष्ट्रियकरण गरेर योजनाबद्ध ढङ्गले अगाडि नबढेसम्म मुलुकको विकास गर्न नसकिने जिकिर गरे । 

नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरेर आवश्यकताअनुसार विकासको खाका कोर्नुपर्ने उनको भनाइ छ । उनले अब छलफल मात्र गरेर मुलुकमा विद्यमान आधारभूत आवश्यकताका समस्याहरू समाधान गर्न सम्भव नरहेको जिकिर गरे । उनले छलफलमा प्रधानमन्त्री बन्नेहरूलाई बोलाएर काम गर्न नसके कान समाएर उठबस गर्ने वाचा खुवाउनुपर्ने तर्क गरे । 

उनले भने, ‘पहिले देशको सम्पूर्ण जमिन राज्यको नाममा ल्याउनुपर्‍यो । त्यसपछि बसेर योजना बनाउनुपर्‍यो । पिउने पानीदेखि विद्यालयसम्म जति पनि आवश्यक हुन्छ त्यो सबैका लागि योजना बनाएर लागू गर्ने स्थिति नहुँदासम्म यो हुँदैन । यो छलफल नै गर्ने हो भने प्रधानमन्त्री हुनेहरूलाई ल्याएर यदि मैले गर्न सकिनँ भने कान समातेर सय पटक उठबस गर्नेछु भने वाचा गराउनुपर्‍यो । यदि समस्याको समाधान गर्न सकेनन् भने यिनीहरू मुलुकको प्रधानमन्त्री बन्न लायक छैनन्, समस्याको समाधान यसरी गर्ने हो यिनीहरूले गर्न सकेनन् भनेर आम जनतालाई भन्नुपर्छ । अब आधारभूत रूपमा काम गर्न नसक्दासम्म अगाडि बढ्न सकिन्न ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ