arrow

आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याएर समाजवादको यात्रा थाल्ने वामदेव गौतमको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २२ सोमबार
bamdev-gautam-08-23.jpg

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा आफ्नो पार्टीले दुई तिहाई बहुमत ल्याउने दाबी गरेका छन्। सोमबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले निर्वाचनबाट दुई तिहाई बहुमत ल्याएपछि पार्टीले समाजवादको यात्रा तय गर्ने बताए।

नेता गौतमले दुई तिहाई मत ल्याउनका लागि अहिलेदेखि नै तयारी थाल्न कार्यकर्ताहरूलाई निर्देशन दिँदै टोल, वडा, पालिका कुनै पनि स्थान खाली नराखी जनताको घरदैलोमा पुग्न आग्रह गरे। १७ वटा पार्टी एकीकृत भएर पार्टी बनेको उल्लेख गर्दै उनले जनताको घरदैलोमा पुग्न नेताको अभाव नै नहुने र देशमा समाजवाद ल्याउनका लागि पार्टीले दुई तिहाई ल्याउनैपर्नेमा जोड दिए।

गौतमका अनुसार, दुई तिहाई बहुमतपछि समाजवादको काम थालनी हुनेछ, जसमा जनताको सुविधाका लागि बाटो बनाउने, उत्पादन वृद्धि गर्ने, विकासका लागि सारा संसारबाट वैज्ञानिकहरूलाई नेपाल ल्याउने, र नेपालीलाई सीप सिक्नका लागि बाहिर पठाउने लगायतका काम गरिनेछन्। उनले आउने नयाँ पुस्ताले गौरव गर्ने खालको नेपाल निर्माण गर्ने दाबी गरे।

उनले समाजवाद निर्माणका लागि युवाहरूलाई उत्पादनसँग जोड्नुपर्ने र १६ वर्षदेखि ९० वर्ष मुनिका काम गर्न सक्ने जनशक्तिलाई श्रम गर्न लगाउनुपर्ने बताए। उनले रोजगार नपाएर नै युवाहरू आन्दोलनमा उत्रिने गरेको टिप्पणी गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ