arrow

बायर्नलाई हराउँदै रियाल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २७ बिहिबार
real-madrid-2024-champions-.jpg

काठमाडौँ । स्पेनिश क्लब रियाल मड्रिड यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । बुधबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखलाई २–१ गोल अन्तरले पराजित गर्दै समग्रमा ४–३ को नतिजासहित रियाल मड्रिड फाइनलमा पुगेको हो । 

यस खेलमा १–० ले पछि परेको रियालले खेलको ८८औँ र ९१औं मिनेटमा गोल गर्दै जित हासिल गरेको थियो । दुवै गोल माटो जोसेलुले गरेका थिए । त्यस्तै बायर्न म्युनिखका लागि अलफोसनो डाभिजले एक गोल गरेका थिए । 

यसअघि सम्पन्न सेमिफाइनलको पहिलो लिग २–२ गोलको बराबरीमा सकिएको थियो । 

योसँगै रियाल मड्रिड १८औँ पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । रियालले अहिलेसम्म १४ पटक च्याम्पियन्स लिग जितेको छ र विश्वमा सबैभन्दा बढी पटक च्याम्पियन्स लिग जित्ने क्लब हो । 

अब रियाल मड्रिडले फाइनलमा जर्मन क्लब बोरुसिया डर्टमण्डको सामना गर्ने छ । फाइनल खेल जुन २ तारिखमा मा लण्डनस्थित वेम्बली स्टेडियममा हुनेछ । 

सेमिफाइनलमा डर्टमण्डले पेरिस सेन्ट जर्मनलाई समग्रमा २–० ले हराउँदै फाइनल यात्रा तय गरेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ