काठमाडौं । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । इटालियन क्लबहरु एसी मिलान र इन्टर मिलानसँगै स्पेनिश क्लब रियाल मड्रिड र इङ्गलिश क्लब म्यानचेस्टर सिटी सेमिफाइनलमा पुगेका छन् ।
सेमिफाइनलमा रियालले म्यानसिटीसँग तथा एसी मिलानले इन्टर मिलानसँग खेल्नेछ । दुवै सेमिफाइनलका खेलहरु मे ११ को बिहान खेलिने छन् ।